बिहिबार, चैत्र १०, २०७३
Home / समाचार / महजोडीले धुर्मुस–सुन्तलीलाई दिए १ लाख, मुसहर बस्ती बनाउन एकैदिन जुट्यो ३५ लाख

महजोडीले धुर्मुस–सुन्तलीलाई दिए १ लाख, मुसहर बस्ती बनाउन एकैदिन जुट्यो ३५ लाख

महोत्तरी, पुस २६ ।
हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहर बस्ती बनाउन १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । मुसहर बस्ती निर्माणको शिलान्यास गरेकै दिन महजोडीले फाउन्डेसनलाई लाख रुपैयाँ प्रदान गरेका हुन् ।

फाउन्डेसनले सोमबार बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो एकीकृत नमूना बस्तीको निर्माण थालनी गरेको थियो । बस्तीको शिलान्यास मह जोडीले गरेका थिए ।

शिलान्यास समारोहमै मुसहर बस्ती बनाउन फाउन्डेसनलाई झन्डै ३५ लाख रुपैयाँ सहयोग जुटेको छ । शिलान्यासक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले यसरी नै सहयोग जुट्ने हो भने मुसहर बस्ती बनाउन कुनै गाह्रो नपर्ने धारणा राखे ।

त्यस्तै, अर्का कलाकार मदनकृष्ण श्रेष्ठले सीताराम कट्टेलजस्तो असल छोरो यो अभियानमा लागेकाले योजना सजिलै पूरा हुनेमा विश्वास व्यक्त गरे । ‘यो सुन्दर अभियानमा सहयोग गर्न म सबैलाई अनुरोध गर्छु,’ कलाकार श्रेष्ठले भने ।

शिलान्यास समारोहमा विभिन्न व्यक्तित्व, सामाजिक संघ–संस्था र निकायबाट गरेर एकैदिन ३५ लाख रुपैयाँ बराबरको सहयोग जुटेको परियोजना संयोजक अर्जुन न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस: