हात्ती आक्रमणबाट घुम्न आएकी भारतीय युवतीको मृत्यु

चितवन, पुस २६ ।
सौराहामा जंगली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ । मंगलबार सौराहास्थित हात्ती प्रजनन केन्द्रको अवलोकननिम्ति परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्ती आक्रमणबाट मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

बिहान साढे १० बजे हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारक्रममा मृत्यु भएको हो । हात्ती प्रजनन केन्द्रमा घुम्नेक्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: