लागूऔषधसहित दुईजना पक्राउ

विराटनगर, पुस २६ ।
मोरङको विभिन्न स्थानबाट प्रहरीले सोमबार लागूऔषधसहित दुईजनालाई पक्रेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी–६ का समीर पासवान र मोरङ हर्चनगढी–८ का भूपेन्द्र साह रहेका छन् ।

पासवान विराटनगर–२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटनजिकैबाट पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट लागूऔषध एभिल ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, नाइट्रोसन १०० ट्याब्लेट र २ बोतल कोरेक्स बरामद गरेको छ ।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले अपराह्न ४ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई सीमा प्रहरीचौकी रानीमा राखी थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, मोरङको हर्चनगढी–८ बाट प्रहरीले ६ बोतल कोरेक्स र ३० ट्याब्लेट नाइट्रोसनसहित पक्राउ गरेको साहलाई इलाका प्रहरी कार्यालय, रंगेलीले नियन्त्रणमा लिई अनुसन्धान थालेको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: