बिहिबार, चैत्र १०, २०७३
Home / शैली / फिल्मी / चाइनिज टिभीमा प्रसारण भयो नेपाली फिल्म सिन्दुर, साप्ताहिक रुपमा फिल्म प्रसारण गरिने

चाइनिज टिभीमा प्रसारण भयो नेपाली फिल्म सिन्दुर, साप्ताहिक रुपमा फिल्म प्रसारण गरिने

काठमाडौं, २६ पुस । चीनको पहिलो ग्रेडको टेलिभिज च्यानल एक्सवाइटिभीबाट पहिलो पटक नेपाली फिल्म सिन्दुर प्रसार भएको छ ।

सो टेलिभिजनले सिन्दुर फिल्मको प्रशारण अधिकार खरिद गरेर चाइनिज भाषाको सव–टाइटल सहित फिल्म प्रसारण गरेको थियो । आइतवार राती नेपाली समय अनुसार नौ बजे सिन्दुर प्रसारण भएको थियो । पछिल्लो पटक नेपालमा आएका एक चिनियाँ फिल्म निर्देशकले पनि नेपाली फिल्मलाई चाइनिज फिल्म उद्योगले नजिकबाट नियालेको जनाए लगत्तै यसरी फिल्म प्रसारण हुनु स्वागतयोग्य मानिएको छ । श्रोतका अनुसार उक्त टेलिभिजनले आगामी दिनमा पनि साप्ताहिक रुपमा उत्कृष्ट मानिएका नेपाली फिल्महरु प्रसारण गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस: