आइतवार, चैत्र १३, २०७३
Home / राजनीति / देशमा विखण्डन निम्त्याउने काम भए एमाले चुप लागेर बस्दैन : ओली

देशमा विखण्डन निम्त्याउने काम भए एमाले चुप लागेर बस्दैन : ओली

झापा, पुस २६ ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा र भूगोलका नाममा देश विभाजन गर्न नहुने बताएका छन् ।

झापाको धरमपुरदेखि कुन्जीबारी जोड्ने कालोपत्रे सडकको आज शिलान्यास गर्दै नेता ओलीले केही शक्ति राष्ट्रिय एकता खलबल्याउन लागि परेको आरोप लगाए । यदि कसैले त्यसनिम्ति प्रयास गरे एमाले त्यसको कडा प्रतिरोधमा उभिने उनको भनाइ थियो ।

‘राष्ट्रिय एकतालाई अक्षुण राख्न एमाले लडिरहन्छ,’ नेता ओलीले भने, ‘कोही कसैले त्यसनिम्ति सोचेको मात्र भए पनि त्यो भुल हुनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएकाले सरकारले निर्वाचनको मिति घोषणा गरेर तयारी थाल्नुपर्नेमा जोड दिए ।

८ करोड रपैयाँ लागतमा बन्ने ११ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आगामी ३० महिनामा पूरा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस: