बिहिबार, चैत्र १०, २०७३
Home / पूर्व / भन्सार छलीको जुत्ता–चप्पल बरामद

भन्सार छलीको जुत्ता–चप्पल बरामद

इलाम, पुस २६ ।
इलाका प्रहरी कार्यालय, पशुपतिनगरले आइतबार भन्सार छलेर ल्याउँदै गरेको जुत्ता–चप्पल प्रहरीले भन्सारलाई बुझाएको छ ।

प्रहरीको नियमित गस्ती टोलीले आइतबार राति पशुपतिनगर नाकाबाट ७९ हजार मूल्य बराबरको १ सय ५४ जोर जुत्ता, चप्पल तथा २१ किलो डोर म्याट बरामद गरेको थियो ।

बरामद सामानको मूल्य ८९ हजार रहेको उक्त सामान सोमबार पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस: