Home / पूर्व / मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

विराटनगर, पुस २६ ।
झापाको दुवागडीमा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् ।

दुवागढी गाविस–८ स्थित भित्री सडकमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार झापा धाइजन–२ बस्ने १९ वर्षीय सलिन राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । साँझ करिब ८ बजेतिर मे७प ७३८५ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारनिम्ति बिएनसी अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धाइजन–२ का २६ वर्षीय सरोज तामाङ तथा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार झापा दुवागडी–८ बस्ने देशराज भुजेल घाइते भएका छन् ।

घाइते दुवैजनाको मनकामना अस्पताल, चारआलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस: