बिहिबार, चैत्र १०, २०७३
Home / रोचक/रमाइलो / पत्ता लाग्यो ‘लभ’ का फाईदा

पत्ता लाग्यो ‘लभ’ का फाईदा

काठमाडौं, २६ पुस । माया वा ‘लभ’ गर्नु आँफैमा अनौठो हो । अझ अनौठो कुरा चाँहि के हो भने यसले हाम्रो स्वास्थ्यमा नै फाईदा गर्छ ।

दीर्घायु
विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन् ।

तन्दुरुस्ती
मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ ।

महिलाको महिनावारी नियमित हुन्छ
माया र नियमित यौन सम्पर्कले महिलाको महिनावारी नियमित हुने प्लान्ड प्यारेन्टहुडमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

डिप्रेसनबाट छुटकारा
खुसी बनाउने हर्मोनका कारण माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ ।

तनाव कम गर्छ
तपाईं खुसी हुँदा दुःखी बनाउने हर्माेन कोर्टिसलको मात्रा घट्छ र तनाव रहित बिन्दास भएर बाँच्न सकिन्छ ।

तुलनात्मक स्वस्थता
अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टले गरेको अध्ययनको प्रतिवेदन अनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ रहन्छन ।

छालामा चमक
मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्माेन निष्कासन गर्ने विज्ञहरु बताउँछन । यसले पीडाबोधक हर्माेन कोर्टिसोल निष्कासनको मात्रा घटाई छालामा चमक ल्याउँछ ।

छिटो उपचार
अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो । नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ । निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ ।

रक्तचाप कम गर्छ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार तपाईको सम्बन्धले रक्तचापलाई निर्देशित गर्छ । प्रतिवेदनमा असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस: