बिहिबार, चैत्र १०, २०७३
Home / स्वास्थ्य / श्वास गनाउने समस्याबाट छुटकारा पाउने सरल उपाय

श्वास गनाउने समस्याबाट छुटकारा पाउने सरल उपाय

काठमाडौं, २६ पुस । बाहिरबाट हेर्दा स्वस्थ देखिने मान्छेको पनि मुख गन्हाउने समस्या हुन्छ । चिकित्सकका अनुसार मुखबाट दुर्गन्ध आउने रोगलाई चिकित्सा क्षेत्रमा ‘हेलिटासिस्’ नाम दिईएको यो समस्याबाट विश्वका आधा जनसंख्या पिडित छन ।

खानपान सहितका विभिन्न कारणले गर्दा मुख गनाउने समस्या हुन्छ । यस्तै पाचन प्रकृया चुस्त भएन भने पनि मुखबाट दुर्गन्ध निस्कन्छ । यस्तै केहि रोगहरु जस्तै मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, टीबी, निमोनिया, साइनस, डिप्थिया दाँत तथा गिजाको समस्या भएकाहरूको पनि मुख गन्हाउँछ ।

यसबाहेक मुखबाट दुर्गन्ध यी कारणले आउँछ

– श्वासनली या फोक्सोको विकार हुनु ।

– जिब्रोमा फोहोर जम्मा हुनु ।

– दाँतमा फोहोर जम्नु ।

– टन्सिलको इन्फेक्सन हुनु ।

– नाक या साइनसमा विकार आउनु ।

– धूमपान तथा मध्यपान ।

– दाँत तथा गिजाको समस्या ।

– मुखमा घाउ निस्कनु ।

– नक्कली दाँतको कारणले पनि मुख गन्हाउँछ ।

समस्याको समाधान

– दैनिक कम्तीमा दुईपटक ब्रस गर्नुहोस् ।

– एउटा ल्वाङ मुखमा राखेर चुस्ने गर्नुहोस् ।

– ग्रिन टी लाभदायक हुन्छ ।

– मिन्टवाला चुइङ्गम चपाउनुहोस् ।

– सुख्खा धनिया चपाउनुहोस् ।

– तुलसीको चारपाँचवटा पात दिनहुँ खाएर पानी पिउनुस ।

– खाना खाएपछि आधा चम्चा सौंफ चपाउनु पनि लाभदायक ।

– तोरीको तेलमा थोरै नुन मिसाएर दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नुहोस् ।

– अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस: