‘गिर्खा नदेखिएपनि स्तन क्यान्सर हुनसक्छ’

काठमाडौं, २६ पुस । गिर्खा वा गाँठा गुठी देखिएमा स्तन क्यान्सर हुन सक्छ भनेर तपाईलाई थाहा भएको कुरा हो । तर वैज्ञानिकहरुले त्यस्ता गिर्खा नदेखिएपनि स्तन क्यान्सर हुन सक्छ भन्ने कुरा बाहिर ल्याएका छन ।

युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरुले २ हजार ३ सय जना स्तन क्यान्सर भएका महिलाहरुको बारेमा अनुसन्धान गर्दा ६ सय १ जनालाई गिर्खा नदेखिईकन नै स्तन क्यान्सर भएको खुलासा भएको हो । यसबाट उनिहरुले स्तन क्यान्सरका अरु पनि लक्षण हुने भन्दै गिर्खा नदेखिँदा पनि स्तन क्यान्सर हुन सक्ने दावी गरेका छन । काखी निर सुन्निने, स्तनको निप्पलमा परिवर्तन हुने, स्तनबाट रगत आउने, स्तनमा विमिरा आउने खालका लक्षण देखि स्तन क्यान्सर पनि हुन सक्ने भन्दै यस्तो अवस्थामा तुरुन्त स्वास्थ्य परिक्षण गराउन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: