पुदिनाको यस्तो आश्चर्यजनक फाईदा !

काठमाडौं, २६ पुस । अचारको रुपमा प्रयोग गरिने पुदिना औषधीको रुपमा समेत प्रयोग हुन्छ । आयुर्वेदमा तुलसी वर्गमा राखिने यसले खाना पचाउन या रुचाउन मद्दत गर्छ । एकपटक रोपिसकेपछि धेरै वर्षसम्म पटक–पटक यसको पात टिपेर प्रयोग गर्न सकिन्छ । यपुदिनामा प्रोटिन, चिल्लो पदार्थ, कार्बाेहाइड्रेड, फोस्फोरस, क्याल्सियम, आइरन, केही मात्रामा निकोटिन र अम्ल हुन्छ । यसको सबैभन्दा धेरै मन पराइने सुगन्धित तेल पातमा बढी हुन्छ । यसलाई उपलब्धी र आवश्यकता अनुसार प्रयोग गर्नुपर्दछ ।

पुदिनाका फाईदाहरु

– आयुर्वेदिक भाषामा उष्ण विधिको हुने जडीबुटीमा लिइने यसलाई कफबाट हुने एलर्जी हटाउन प्रयोग गरिन्छ ।

– यसको झोल बनाएर छर्कँदा मुख तथा शरीरको दुर्गन्ध हट्छ ।

– खाना खानसाथ वाकवाकी लाग्ने सामस्या भए हटाउँछ ।

– पुदिनालाई पकाएर वा नपकाई निचोरेर रस खाएमा पेट दुखाइको समस्या समाधान गर्छ ।

– दुखाई कम गर्छ ।

– अन्न बाली लगाएको ठाउँमा छर्कंदा घुन, पुत्ला लाग्दैन ।

– पाचन प्रकृया मजबुद बनाउँछ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: