मोर्चाद्वारा एमालेको सभा बिथोल्ने प्रयास, सुनसरीको हनिगरामा तनाव

सुसनरी, पुस २५ ।
सुनसरीको सीमावर्ती हरिनगरा गाविस तनावग्रस्त्र बनेको छ । नेकपा एमालेले सोमबार आयोजना गर्ने सभालाई मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले बिथोल्न खोजेपछि उक्त क्षेत्र तनावग्रस्त्र बनेको हो ।

जिल्लाको दक्षिणी गाविस हरिनगरा बजारमा एमालेले सभा गर्ने तयारी गरेकोमा मोर्चाले शनिबारदेखि नै त्यसको विरोध गर्दै आएको थियो । एमालेको क्षेत्रीयस्तरको उक्त सभालाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा उक्त सभा बिथोल्न मोर्चाका कार्यकर्ता बिहानैदेखि खटिएका थिए ।

त्यसक्रममा उनीहरूले सभामा सहभागी हुन आएका एमालेका कार्यकर्ता ओसार्न प्रयोग गरिएको गाडीमाथि आगजनी प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

त्यसक्रमा मोर्चाका कार्यकर्ताले एउटा सवारी साधन तोडफोड गरेका छन् । तोडफोडमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवस्था नियन्त्रणबाहिर जान निदन अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाइएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: