मङ्लबार, फाल्गुन १०, २०७३
Home / पूर्व / सोलुखुम्बुमा पर्खालबाट लडेर महिलाको मृत्यु

सोलुखुम्बुमा पर्खालबाट लडेर महिलाको मृत्यु

विराटनगर, पुस २५ ।
सोलुखुम्बुको काकु–५ मा शनिबार पर्खालबाट लडेर एक महिलाको मृत्यु भएको छ । काकु–५ की ६७ वर्षीया रासमाया राईको पर्खालबाट लडेर मृत्यु भएको हो ।

साँझ ५ बजेतरि आफ्नै घरको पर्खालबाट अचानक लडेकी राईको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घटनाबारे आइतबार मात्र जानकारी पाएको अस्थायी प्रहरीचौकी, काकुले आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस: