शनिबार, फाल्गुन १४, २०७३
Home / शिक्षा / नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

काठमाडौं, पुस २५ ।
अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट एक नेपाली विद्यार्थीले अवार्ड प्राप्त गरेकी छन् । काठमाडौं बानेश्वरकी २८ वर्षीया रोशा पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेकी हुन् ।

सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधी गरिरहेकी छन् । विद्यावारिधीको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ ।

काठमाडौं युनिभर्सिटी हाइस्कुल धुलिखेल (काभ्रे) बाट एसएलसी पास गरेकी पौडेलले मल्टी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेकी थिइन् ।

उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस: