बिहिबार, चैत्र १०, २०७३
Home / शिक्षा / चिसो बढेपछि १५ दिनका लागि रुकुमका विद्यालय बन्द

चिसो बढेपछि १५ दिनका लागि रुकुमका विद्यालय बन्द

रुकुम, पुस २४ ।
लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि रुकुमका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ ।

सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै संख्यामा रहेको र उनीहरूलाई न्यानो कपडा अभाव हुँदा चिसोले समस्या भएपछि जिल्लाभरका विद्यालय बन्द गरिएको रुकुम जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टा हुनेगरी १५ दिनका लागि विद्यालय बन्द गरिएको कार्यालयले जनाएको छ । जिल्लाका निजी स्कुल भने सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस: