शनिबार, फाल्गुन १४, २०७३
Home / शिक्षा / क्याप्टेन विजय लामाद्धारा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

क्याप्टेन विजय लामाद्धारा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं, पुस २२ ।
गत वर्षको भूकम्पबाट ध्वस्त भएका संचरना पुनर्निर्माणमा सरकारले उदासीनता देखाइरहँदा एउटा निजी संस्थाले भन ध्वस्त भएको विद्यालय भवन बनाएर समुदायलाई हस्तान्तरण गरेको छ ।

बुधबार सिन्धुपाल्चोकको इचोचक गाविसमा हेलम्बु एजुकेसन एन्ड लाइभ्लीहुड पार्टनरपिप (हेल्प) नामक संस्थाले पनर्निर्माण गरेको एक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरियो । हेल्पले ढाप्सुङ प्राविको भवन पुर्निनिर्माण गरेको हो ।

उक्त भवन बनाउन अभिनेता तथा विमान चालक (क्याप्टेन) विजय लामाले आर्थिक सहयोग गरेका थिए । लामाले उपलब्ध गराएको ३६ लाख ५२ हजार रुपैयाँको लागतमा उक्त विद्यालयय भवन निर्माण गरिएको हो ।

बुधबार विद्यालय हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि भएर गएका लामाले नै उक्त विद्यालय भवन उपभोक्ता समितिलाई हस्तान्तरण गरे ।

हेल्पले पुनर्निर्माण आवश्यक भएका विद्यालयको पनि भवन निर्माणमा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस: