शनिबार, फाल्गुन १४, २०७३
Home / शिक्षा / ३ वर्षमा विद्यार्थी कम हुँदा ७ सय २४ विद्यालय गाभिए

३ वर्षमा विद्यार्थी कम हुँदा ७ सय २४ विद्यालय गाभिए

बिबिसी
विराटिनग, पुस २१ ।
विद्यार्थीको संख्या न्यून भएका कराण झन्डै सवा ७ सय सामुदायिक विद्यालय ३ वर्षमा आपसमा गाभिएका छन् ।

निजी विद्यालयप्रतिको बढ्दो आकर्षण र बसाइँ सराइजस्ता अन्य सामाजिक कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको कमी देखिएको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

राजधानी काठमाडौंसहित कतिपय जिल्लाका सामुदायिक विद्यालयका कक्षाकोठा विद्यार्थी अभावमा रित्ता भएका विवरण हालै सञ्चारमाध्यममा आएका थिए ।

सरकारले त्यस्तो अवस्था अन्त्य गर्न विभिन्न कार्यक्रम ल्याएको जनाए पनि ती परिणाममुखी बन्न नसकेको बताइन्छ ।

शिक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउनयता गोरखा र कास्कीका केही विद्यालयले अर्को विद्यालयमा गाभिन निवेदन दिइसकेका छन् ।

सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिले गरेको सिफारिसका आधारमा अर्को विद्यालयमा मिसिन पाउँ भन्दै निवेदन दिने विद्यालयहरूको संख्या बढ्दै गएको शिक्षा विभागका निर्देशक अनप्रसाद न्यौपानेले बताए ।

उनले सहर र गाउँ दुवैमा त्यस्ता विद्यालयको संख्या बढेको भन्दै भने, ‘३ वर्षको तथ्यांकलाई हेर्दा सन् २०१४ र १५ मा ४ सय १७, सन् २०१५ र १६ मा १ सय ४८ र सन् २०१६ र १७ मा १ सय ५९ गरी अहिलेसम्म ७ सय २४ वटा विद्यालय गाभिइसकेका छन् ।

विद्यार्थी संख्या नपुगेका ठाउँका विद्यालयलाई भौगोलिक दूरी फरक नपर्ने गरी अर्को विद्यालय रहेको अवस्थामा गाभ्न सकिने व्यवस्था दुई दशकअघिको शिक्षा नियमावलीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस: