बजारमा भारुको कालोबजारी, सय भारु साट्न १ सय ७५ रुपैयाँ !

विराटनगर, पुस २१ ।

भारतले पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक हजार भारुको सटही दर एक सय ७५ रुपैयासम्म पुगेको छ ।

भारतले गत कात्तिक २३ मा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतजस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

व्यवसायीका अनुसार भारु अभावको यही मौका छोपी कालाबजारियाले एक सय भारु साट्न एक सय ७५ नेपाली रुपैयाँसम्मको सट्टा दर पुर्‍याएका छन् । राष्ट्र बैंकले एक सय भारुको सटही दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: