बिहिबार, चैत्र १०, २०७३
Home / आर्थिक / विदेशमा रहेका भारतीयले नोट साट्न पाउने, नेपालमा भएकाले भने नपाउने

विदेशमा रहेका भारतीयले नोट साट्न पाउने, नेपालमा भएकाले भने नपाउने

काठमाडौं, पुस १७ ।
केही समयअघि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएको भारतले देशबाहिर रहेका आफ्ना नागरिकलाई नोट सटहीको सुविधा दिने भएको छ । तर, नेपाल आउने भारतीयले भने त्यो सुविधा पाउने छैनन् ।

रिजर्भ बैंकले गैरआवासीय भारतीय र भारतीय नागरिक (जो यो नोटबन्दीको समयमा देशबाहिर थिए) उनीहरूलाई सटहीको सुविधा दिइने जनाएको छ । उसका अनुसार गैरआवासीय भारतीयले ०१७ को जुन ३० सम्म २५ हजार भारु डिपोजिट गर्न सक्छन् । नोभेम्बर ९ देखि डिसेम्बर ३० सम्म देशबाहिर रहेका भारतीय नागरिकले पनि मार्च ३१ सम्म आफूसँग भएका पुराना ५ सय र १ हजार दरका नोट जम्मा गर्न सक्ने बताइएको छ ।

उनीहरूका लागि रिजर्ब बैंक इन्डियाको मुम्बई, नयाँदिल्ली, चेन्नई, कोलकत्ता र नागपुर कार्यालयबाट नोट साट्ने सुविधा मिलाइएको छ ।

तर, यो सुविधा नेपालमा रहेका भारतीयले भने पाउने छैनन् । नेपाल, भुटान, पाकिस्तान र बंगलादेशमा रहेका गैरआवासीय भारतीय र भारतीय नागरिक दुवैले नोट सटही र डिपोजिटको सुविधा नपाउने बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस: