‘नेपाल भ्रमण वर्ष युरोप–२०१७’ अभियान सुरु

काठमाडौं, पुस १६ ।
नेपाल पर्यटन बोर्डले नेपाली पर्यटकीय गन्तव्यको युरोपमा प्रचारप्रसार गर्ने उद्देश्यले ‘नेपाल भ्रमण वर्ष युरोप–२०१७’ अभियान सुरु गरेको छ ।

बोर्डको १८औं वार्षिकोत्सव अवसरमा युरोपमा रहेका गैरआवासीय नेपाली, तथा त्यहाँ स्थित विभिन्न संघ–संस्थाहरूसँगको सहकार्य तथा समन्वयमा उक्त अभियान सुरु गरिएको बोर्डले जनाएको छ ।

यसलाई सन् २०१८ का लागि घोषणा गरिएको नेपाल भ्रमण वर्षको पूर्वअभ्यासका रूपमा लिएर अभियान थालेको बोर्डका सिइओ दीपकराज जोसीले बताए ।

यो अभियानबाट हाल युरोपबाट आइरहेका पर्यटकको संख्यामा ३० देखि ४० प्रतिशत वृद्धि गर्ने लक्ष्य बोर्डले लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: