Home / आर्थिक / नेप्सेमा लगानीकर्ताको धर्ना, माग पूरा गराउन अल्टिमेटम

नेप्सेमा लगानीकर्ताको धर्ना, माग पूरा गराउन अल्टिमेटम

काठमाडौं, पुस १३ ।
नेपाल स्टक एक्सचेन्जको कार्यालयअगाडि लगानीकर्ताहरूले धर्ना दिएका छन् । उनीहरूले बुधबार बिहान १०ः३० देखि १२ बजेसम्म धर्ना दिएका हुन् ।

विभिन्न छबुँदे माग राख्दै नयाँ सेयर लगानीकर्ता संघले आयोजना गरेको धर्ना कार्यक्रममा अन्य लगानीकर्ताले पनि ऐक्यबद्धता जनाएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

संघले आइतबारसम्म आफूहरूका माग पूरा गर्न नेप्सेलाई अल्टिमेटमसमेत दिएको जनाएको छ ।

संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्नेलगायत छबुँदे माग राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस: