बिहिबार, चैत्र १०, २०७३
Home / आर्थिक / टेलिकमको रणनीतिक साझेदार सम्झौता

टेलिकमको रणनीतिक साझेदार सम्झौता

काठमाडौं, पुस ७ ।
नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ ।

टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिन बेलायतको एनालाइसिस मेसोन लिमिटेडसँग सम्झौता गरिएको हो ।

बोलपत्रमार्फत छनौट भएको उक्त कम्पनीसँग मंगलबार सम्झौता भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस मेसोनका तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरेका थिए ।
–रासस

प्रतिक्रिया दिनुहोस: